राजनीति

पार्टी अध्यक्ष नेपालले भन्दैमा राजीनामा दिंइदैन्ः सम्मानित नेता खनाल

७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले माग्दैमा राजीनामा नदिने बताएका छन् ।

काठमाडौंमा शनिबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार नेता खनालले आफू विरुद्ध आलोचना गर्दै हिडेको भनेर राजीनामा दिन आग्रह गरेका थिए ।

नेता खनालले केही अघि मात्रै एक टेलिभिजन कार्यक्रमा अध्यक्ष नेपालले आफूलाई अपमानित गरेको भनेर अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका कारण नेता खनाललाई पार्टीबाट राजीनामा दिएर मार्ग प्रस्शत गर्नका लागि समेत अध्यक्ष नेपालले आग्रह गरेका थिए ।

तर नेता खनालले अध्यक्ष नेपालले भनेकै भरमा खुरुक लगाएर राजीनामा नदिने दावी गरेका छन् ।