आर्थिक

विदेशी मुद्राको विनिमयदर आज यस्तो छ

१८ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १ सय ५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ८४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय रुपैयाँ ७७ पैसा र बिक्रीदर १सय १ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ १३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २६ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १ सय को खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३७ पैसा र बिक्रीदर २१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ५६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४ सय ५८ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६३ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।