१८ साउन, काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको हो ।
त्यस्तै, आइतबार दिउँसो देशैभरी साधारणतया मौसम बदली हुने भएको छ। सबै प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हो। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आइतबार राति देशैभरी साधारणतया मौसम बदली हुने भएको छ। मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हो ।
साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।





