अन्तर्राष्ट्रिय

गाजामा बम विस्फोट र भोकमरीका कारण दैनिक २८ जना बालबालिकाको मृत्यु: युनिसेफ

२० साउन, एजेन्सी । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले इजरायली बमबारी र भोकमरीका कारण गाजा पट्टीमा दैनिक करिब २८ जना बालबालिकाको मृत्यु भइरहेको घोषणा गरेको छ ।

युनिसेफले गाजामा ६ सय ६० दिन भन्दा लामो समयदेखि युद्ध जारी रहेको जनाएको हो । युनिसेफले भनेको छ,-‘बमबारीबाट मृत्यु । कुपोषण र भोकमरीबाट मृत्यु । सहायता र महत्त्वपूर्ण सेवाहरूको अभावले मृत्यु भएको युनिसेफले एक्समा गरेको पोस्टमा भनिएको छ । गाजामा दैनिक औसत २८ बालबालिका-‘कक्षाकोठाको आकार’– मारिएका छन् ।’

एजेन्सीले गाजाका बालबालिकाहरूलाई खाना, सफा पानी, औषधि र सुरक्षाको तत्काल आवश्यकतामा जोड दिएको छ । कुनै पनि कुरा भन्दा बढी उनीहरूलाई युद्धविराम चाहिने समेत जनाइएको छ ।

इजरायली सेनाले गत मार्च २ देखि गाजाको सीमा नाकाहरू बन्द गरेको थियो। सामान र सहायताको प्रवेश रोकेको छ। जसका कारण गाजा पट्टीमा अभूतपूर्व अनिकाल निम्त्याएको छ।