२१ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोर्टबीच सम्झौता भएको छ ।
काठमाडौंमा बुधबार एक कार्यक्रमकाबीच सोही सम्झौता भएको हो । बैंकका डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोटमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५ प्रतिशत छुट प्राप्त गर्नसक्ने भएका छन् ।
सोही सहकार्यको मुख्य उद्देश्य ग्राहक वर्गहरुलाई गुणस्तरीय सेवा प्रधान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना ग्राहक वर्गहरुको सुविधालाई प्राथमिकता दिँदै आाएको छ । बैंकले यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता समेत दिएको हो । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध गराइएको छ ।
बैंकले हाल २ सय ७५ शाखा, २ सय ६४ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिने जनाएको हो ।





