२२ साउन, लमजुङ । लमजुङको मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
मध्य नेपाल नगरपालिका–१० मा रहेको बिमिरे भञ्ज्याङमा बिहीबार बिहानदेखि सुक्खा पहिरो खसेपछि सोही लोकमार्ग अवरुद्ध भएको हो । पहिरो खस्ने क्रम नरोकिएका कारण तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको समेत प्रहरीले बताएको हो।
पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् । इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने समेत जानकारी दिएका हुन् ।





