शिक्षा

शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घट्यो

२२ साउन, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले सोही प्रस्ताव पारित गरेको हो । शिक्षकको कार्यसम्पादन मूल्यांकनको गणना गर्दा पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकन औसतमा ९० प्रतिशत प्राप्त गरेको हुनुपर्ने प्रतिवेदनको प्रस्तावित व्यवस्थाको सट्टा ८० प्रतिशत गर्ने प्रस्ताव पारित गरिएको छ ।

सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षी राजनीतिक दल नेकपा मओवादी केन्द्रले आपत्ति जनाउदै आएको छ । सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार मात्रै केपी शर्मा ओली नेतृत्वको सरकारकै कारण शिक्षा विधेयक संसदमा पेश हुन नसकेको आरोप लगाएका छन् ।