२३ साउन, काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिले कार्यप्रगतिको विवरण उपलब्ध गराउन पत्राचार गर्ने समेत निर्णय गरेको हो । समितिको शुक्रबार बसेको बैठकपछि सभापति ठाकुरप्रसाद गैरेले समितिले कार्यप्रगतिको विवरण उपलब्ध गराउन पत्राचार गर्ने समेत निर्णय गरेको बताएका हुन् ।
यहि साउन १२ गते क्रिकेट मैदान अवलोकन गरेपछिको प्रगति उपलब्ध गराउन उनले निर्देशन दिएका थिए । अहिले मैदान स्तरोन्नति, प्यारापिट र फ्लडलाइट जडानलगायत काम भइरहहेको सभापति गैरेले जारी गराएका छन् ।
समितिले यहि साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो। त्यसपछिको समयमा भएको कार्यप्रगतिको बारेमा समितिलाई जानकारी गराउन उनले निर्देशन दिएका छन् ।
––





