आर्थिक

‘टाटा ईभी अटो कार्निभल’ नामक विशेष अफर कार्यक्रम नेपालभरीको शोरूममा संचालन

२३ साउन, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा ईभी अटो कार्निभल’ नामक विशेष अफर कार्यक्रम नेपालभरीको शोरुममा आयोजना गर्ने जनाएको छ ।

टाटा मोटर्सका विद्युतीय गाडीहरूप्रति नेपाली बजारमा बढ्दो आकर्षणलाई मध्यनजर गर्दै प्रालिले शुक्रबारदेखि यहि साउन २५ गतेसम्म सोही कार्यक्रम आयोजना गर्ने भएको हो । यस विशेष कर्निभलमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्ड अन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू जस्तै टियागो.ईभी, कर्भ.र्ईभी, नेक्सन के ३.ईभी र पन्च.ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्ने भएका छन् ।

‘टाटा ईभी अटो कार्निभल’ कार्यक्रम अन्तर्गत ग्राहकहरूले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहितको जडान र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू निःशुल्क प्राप्त गर्न सक्ने भएका छन् । सोही अवसरमा ग्राहकहरूले नेपालभरी रहेका टाटा मोटर्सका शोरुमहरूमा गई नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय गाडीहरूको प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने भएका छन् ।

यस विशेष कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसर समेत प्राप्त गर्ने प्रालिले जनाएको हो । यो विशेष अफर साउन २३ देखि २५ गतेसम्म मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूलाई आफ्नो नजिकको टाटा शोरुममा समयमै सम्पर्क गर्न प्रालिलेले आग्रह समेत गरेको छ ।