२३ साउन, काठमाडौं । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनाविरुद्ध फेरी म्याद थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोस्रो पटक पनि उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । योसँगै उनीहरूको हिरासत बसाइ लम्बिने भएको छ । यहि साउन १५ गते उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरकाठमाडौंको संयुक्त अभियानमा उनीहरू पक्राउ परेका थिए ।
उनीहरुसँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छोडिएको थियो । १९ जनालाई भने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको हो।





