समाचार

सुनसरीमा स्कुटर र बस एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु , बस चालक प्रहरीको नियन्त्रणमा

२४ साउन, सुनसरी । सुनसरीमा स्कुटर र बस एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा शनिबार स्कुटर र बस एक-आपसमा ठोक्किंदा दुवै जनाको मृत्यु भएको हो। इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किंदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन बिक र पछाडि सवार सुरज बिक गम्भीर घाइते भएका थिए ।

घाइते दुवैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार मध्याह्न साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन् । बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

सोही घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हो।