कर्णाली प्रदेश

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

२६ साउन, सुर्खेत । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा सोमबार भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा एम्बुलेन्सका चालक भेरी–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले भेरी–१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जानकारी दिएका छन् ।

उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको उनको भनाइ थियो। चालक चनाराको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक थापाले बताएका छन् ।