अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्प-पुटिन र जेलेन्स्कीबीचको बैठक तय गर्न अमेरिका लागि परेको छः उपराष्ट्रपति भान्स

२६ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन / युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच यहि साउन ३० गते अलास्कामा शिखर सम्मेलन भेटवार्ता हुने भएको छ ।

अमेरिका–रुस शिखर सम्मेलनका लागि कार्यक्रमको तालिका बनाइरहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका हुन् । किएभको उपस्थितिका लागि युक्रेनका युरोपेली सहयोगीहरूले दवाव दिइरहेको समयमा राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटीनबीच हुने बैठकमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पनि सहभागी गराउने प्रयास अमेरिकाले गरिरहेको उपराष्ट्रपति भान्सले जानकारी गराएका थिए ।

उपराष्ट्रपति भान्सले फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’लाई दिएको अन्तर्वार्तामा सबै भन्दा महत्वपूर्ण अवरोध भनेको पुटिनले युक्रेनका जेलेन्स्कीसँग वार्तामा कहिल्यै नबस्ने बताएपछि देखिएको बताएका छन् । उपराष्ट्रपति भान्सले अमेरिकाले ‘युक्रेनी र रुसी’ हरू दुवैको सम्मान हुनेगरी वार्ताद्वारा समाधान खोज्ने प्रयास गर्न लागेको बताएका छन् ।

जसले कसैलाई पनि अति खुशी नबनाउने बताउदै उनले रूसी र युक्रेनी दुवै सम्भवतः दिनको अन्त्यसम्ममा यसबाट दुःखी नहुने दावी गरेका थिए ।