आर्थिक

वाणिज्य बैङ्क तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई सेनाले गर्‍यो पक्राउ 

२४ भदौ, काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैङ्क नयाँ बानेश्वर तोडफोड गर्ने पाँच जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । 

सोमबारको जेएनजी आन्दोलनका क्रममा वाणिज्य बैङ्क नयाँ बानेश्वर शाखामा प्रवेश गरी बैङ्क लुट्ने पाँच जनालाई नेपाली सेनाले पक्राउ गरेको हो । 

संसद् भवन प्रवेश गरेको जेएनजी आन्दोलनका युवाहरूले बैङ्क प्रवेश गरी तोडफोड गर्नेलाई पक्राउ गरेपछि सेनाले अराजकता निम्याउनेलाई कारबाही सुरु गरेको छ । 

के कति क्षति भयो यकिन नभए पनि अनुसन्धानबाट थाहा हुने बैङ्कले बताएको छ । 

हिजोबाट सुरु भएको जेएनजी आन्दोलनबाट धेरै जनधनको क्षति भएको छ । सेनाले सोमबार १० बजेबाट देशको शान्ति सुरक्षाको जिम्मा लिएको छ ।