आर्थिक

खुले भाटभटेनीका १६ वटा साखा

२९ भदौं, काठमाडौं । भाटभटेनी सुपरमार्केटका १६ वटा साखा खुलेका छन् । जेएनजी आन्दोलनका कारण कतिपय साखा ध्वस्त भएका कारण नखुलेपनि अहिले १६ वटा साखा खुलेको सुपरमार्केटले जानकारी दिएको छ ।


यही २३ गते जेएनजी आन्दोलन शुरु भएपनि २४ गते धरान, बिराटनगर, काठमाडौलगायतका बिभिन्न साखामा भाटभोटेनी सुपरमार्केटका बिभिन्न साखाहरु तोडफोड भएका थिए ।

आन्दोलनका क्रममा कतिपयले तोडफोड र आगजनीमात्र नभएर लुटपाटसमेत गरेका थिए ।