राजनीति

अध्यक्ष दाहालले भने, ‘अब देशभरका कार्यकर्ता शुभचिन्तकको सहयोगले पार्टी कार्यालय पुन:निर्माण हुन्छ’

३१ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनकका क्रममा तोडफोड र आगजनी भएको नेपाल कम्युनिष्ट माओवादी (माओवादी केन्द्र)को पार्टी कार्यालय अध्यक्ष पुष्पकमल दाहालको सहभागितामा सरसफाइ गरिएको छ । अब देशभरका कार्यकर्ता शुभचिन्तकको सहियोगले विशाल पार्टी कार्यालय निर्माण अध्यक्ष दाहालले तर्क गरेका छन् ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको तीन तलामा छरपस्ट अवस्थामा रहेका फोहरलगायतका सामग्री एक ठाउँमा केन्द्रित गरिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । त्यसअघि अध्यक्ष दाहालले क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गर्नुभएको थियो । आगजनीबाट पार्टी कार्यालयमा रहेका फर्निचर, कम्प्युटरलगायत करिब रु एक करोड ३० लाख बराबरको सामग्री नष्ट भएको माओवादी केन्द्रले जनाएको छ । यही सोमबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि पार्टी कार्यालयको सरसफाइमा जुटेका थिए । भ्रष्टाचार नियन्त्रणलगायत सुशासनका पक्षमा भएको जेनजी प्रदर्शनका क्रममा माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।