राजनीति

सरकारले भ्रष्टाचारका अभियुक्तलाई अवाश्यक परे पक्राउ गर्छः गृहमन्त्री अर्याल

९ असोज, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताएका छन् ।

आज मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याण्डेड’सहित वर्तमान सरकार निर्माण भएको स्पष्ट पारे । “सरकारले आफ्नो उद्देश्य पूरा गर्न सकेन भने प्रश्न उठ्छ”, उनले भने ।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरिसकिएको जानकारी दिँदै उनले आयोगले गर्ने सिफारिसका आधारमा सरकारले काम गर्ने स्पष्ट पारे ।

“अनुसन्धान गर्ने निकायले केके सिफारिस गर्छ, त्यहीअनुसार हुन्छ”, उनले भने । गृहमन्त्री अर्यालले थपे, ‘सरकारले भ्रष्टाचारका अभियुक्तलाई अवाश्यक परे पक्राउ गर्छ ।’