आर्थिक

सुनको मूल्यमा सामान्य गिरावट

२४ असोज, काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन चार हजार २०० ले सस्तो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज चार हजार २०० ले घटेर दुई लाख ३५ हजार कायम भएको छ ।

चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।