२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले शुसीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस नगरेको दाबी गरेका छन्। उनले आफसंग मोवाईल सम्पर्कसमेत बिच्छेद भएको अवस्था रहेको भन्दै कुनैपनि प्रमाण भेटिए देखाउन अध्यक्ष ओलीले सम्पादकहरुसंगको भेटमा चुनौतीसमेत दिएका छन् ।
उनले फेरि आफैं प्रधानमन्त्ती बन्न सक्ने सम्भावना रहेको भन्दै शुसीला कार्कीले प्रधानमन्त्रीमा सपथ लिएपछिमात्र मोवाईल चलाउन पाएको बताएका छन् ।
अध्यक्ष ओलीले जेनजी अहिले कोठा छाडेर हिँड्ने अवस्थामा आएको भन्दै अपराधीक कृयाकलापमा हिड्नेहरुलाई घरबेटीले कोठा दिन आनाकानी गरेको बताए । उनले आफु केसैले मनोमानी बनाएको आयोगमा बयान दिन नजाने भन्दै आफ्नो सम्पती पत्रकार महासँघले छानविन गरेपनि त्यसका लागि तयार रहेको बताए ।
नेपाली काँग्रेसको सहकार्यमा बनेको झण्डै दुईतिहाई मतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनले अपदस्त वा राजीनामा दिन बाध्य बनाएको थियो ।
राजीनामा दिएपछि केहीदिन नेपाल्ी सेनाको संरक्षणमा रहेका उनी नेकपा एमालेको बिभिन्न कार्यक्रममा कडा अभिब्यक्तीसहित उत्रिन थालेका छन् ।
आज भएको पत्रकारहरुसँगको कुराकानीमा उनी २३ र २४ गतेपछिका राजनीतिक बिषयहरुमा रुष्ट देखिँदै रोष प्रकटा गरेका छन् ।





