आर्थिक

बजार उथल पुथल, आज पनि बढ्यो सुनको मूल्य

३ कात्तिक, काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० बढेको छ ।

आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।