राजनीति

महावीरको दुर्गालाई चेतावनी: भाइ तिमिले जथाभाबी आरोप लगाउँदै गयौ भने तिमिलाई नै घाटा हुन्छ

७ कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दुर्गा प्रसाईँलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै दुर्गा भाइ, यसरी नै मच्चिँदै सयौँ मन गढन्त दोषहरू विना ठोस प्रमाण स्वच्छ व्यक्तिहरूलाई लगायौ भने समयान्तरमा घाटा अरूलाई होइन तिमीलाई नै हुनेछ भन्ने चेतावनी दिएका छन् । 

उनले डा. सन्दुक रुईत जस्तो विश्व प्रसिद्ध आँखाको डाक्टर र समाजसेवी व्यक्तिलाई बदनाम गर्ने यो दुर्गा भाइलाई सबैले राम्रो सँग चिन्नु होला एउटा भिडियो पोस्ट गर्दै सर्वसाधारण जनतालाई दुर्गा प्रसाईँको अगाडी सचेत रहन आग्रह गरेका छन् । 

मन्त्री पुनःले तुच्छ शब्दमा तिमि भन्दै चेतावनी दिएका उनले सन्दुक रुईतको विरोध गरेको भन्दै दुर्गा प्रसाईँ विरुद्ध खनिएका छन् । 

उनको सामाजिक सञ्जालको भनाई: 

दुर्गा भाइ, यसरी नै मच्चिँदै सयौँ मन गढन्त दोषहरू विना ठोस प्रमाण स्वच्छ व्यक्तिहरूलाई लगायौ भने समयान्तरमा घाटा अरूलाई होइन तिमीलाई नै हुनेछ। डा. सन्दुक रुईत जस्तो विश्व प्रसिद्ध आँखाको डाक्टर र समाजसेवी व्यक्तिलाई बदनाम गर्ने यो दुर्गा भाइलाई सबैले राम्रो सँग चिन्नु होला।