९ कात्तिक, काठमाडौँ । डा सुधा शर्मा र बब्लु गुप्ताको शपथ राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।
खगेन्द्र सुनारसहित चार-जनाको नाम आए पनि पछिल्लो समयमा शर्मा र गुप्ताको नाममा मात्र शपथ ख्वाइएको हो ।
प्रधानमन्त्री सुशीला काकीले ४ जना मन्त्रीलाई नियुक्त गर्दै आज अपराह्न शपथ खुवाउने कार्यक्रम तय भएको थियो । यस-संगसंगै मन्त्रीपरिषद् बिस्तार तेस्रो पटक भएको छ निर्वाचन आउन लाग्दा सम्म पनि मन्त्र परिषद् विस्तारले टुङ्गोमा नल्याउने हो कि भन्ने देखिएको आरोप सर्बसाधारणले लगाउन थालेका छन् ।
मन्त्रीपरिषद् विस्तार गर्नुभन्दा अगाडी अभियान्ताको विषयमा गहन अध्ययन नभएको कारण मन्त्री बन्न लाग्दा पनि फिर्ता गर्ने कार्य गर्नुपरेको जेएनजीका अगुवाहरूको असन्तुष्टि रहेको छ ।
शपथ खाएका मन्त्रीहरूमा शर्मा स्वास्थ्य मन्त्री तथा गुप्ता युवा तथा खेलकुद मन्त्री रहेका छन् । मन्त्रीमा शपथ खाने भनिएका गणपतिलाल श्रेष्ठको नामसमेत मन्त्रीमा शपथ ख्वाउने लिस्टबाट हटाइएको छ ।





