१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफा वृद्धि मुख्यत: ब्याज आम्दानी बढ्नुका कारण भएको हो। पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेको छ भने फि र कमिशन आम्दानी १२ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी १८ प्रतिशत र सञ्चालन मुनाफा करिब ११ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा प्रतिशेयर आम्दानी २० रुपैयाँ ४६ पैसा पुगेको छ। तर वितरणयोग्य प्रतिशेयर आम्दानी घटेर १४ रुपैयाँ १ पैसामा झरेको छ। असोज मसान्तसम्म बैंकको मूल्य–आम्दानी अनुपात २०.१८ र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा रहेको छ।
निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट ४.४१ प्रतिशत पुगेको छ। यसका कारण इम्पेरमेन्ट चार्ज पनि ४ करोड ८७ लाख रुपैयाँबाट बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ।
पहिलो त्रैमासको अन्त्यसम्म बैंकले ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा वितरण गरेको छ।





