आर्थिक

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी बम्जन पक्राउ

२३ कात्तिक, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका आरोपी ज्ञानबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुली दुधौली घर भएका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोह्रखुट्टेबाट पक्राउ गरेको हो।

बम्जन यसअघि जेनजी आन्दोलनका बेला हिरासतबाट फरार भएका थिए। उनी स्वर्णलक्ष्मी सहकारीका मुख्य अभियुक्त जीबी राईका जेठान हुन् र पोखराको सूर्यदर्शन सहकारी ठगीमा समेत संलग्न रहेको खुलेको छ।