समाचार

नेपाल प्रहरीकाे ३३औँ आइजीपीमा कार्की नियुक्त, प्रहरीको मनोबल उकास्ने जिम्मेवारी

२४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको प्रमुख पद प्रहरी महानिरिक्षकमा दान बहादुर कार्की नियुक्त भएका छन् ।

नपाल प्रहरीको ३३ औं आइजिपीमा दानबहादुर कार्की नियुक्त भएका हुन् । 

जेनजी सरकारले प्रहरीका आइजिपी चन्द्र कुबेर खापुङको पदावधि सकिएपछि कार्की नयाँ आइजिपीमा नियुक्त भएका हुन् । 

प्रहरी अतिरीक्त महानिरीक्षक मध्ये सबैभन्दा सिनियर रहेका कार्कीले अन्य एआईजीहरू प्रहरी प्रमुख हुने हल्ला चलिरहेका बेला आइजिपी बनेर अन्य प्रश्नहरूको अन्त्य गरेका छन् । 

नवनियुक्त आइजिपी कार्कीलाई निर्वाचन गराउने लगायतका सुरक्षा चुनौतीहरू सामना गर्नुपर्ने पर्ने बाधयता छ । जेएनजी आन्दोलनबाट खस्किएको प्रहरीको मनोबल उकास्ने जिम्मेवारीसमेत कार्कीको छ ।