२४ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव गराउने इच्छा नै नराखेको दावी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क’ अभियानमा उनले सरकारको उद्देश्य चुनाव गराउनु नभई राजनीतिक दलहरूलाई कमजोर पार्नु भएको टिप्पणी गरे। ओलीले प्रधानमन्त्री कार्कीले ठूला तीन दलका नेतासँग भेट्न अस्वीकार गरेको प्रसङ्ग उठाउँदै यो सरकार असंवैधानिक भएको र एमालेले यसलाई मान्यता नदिने बताए।
उनका अनुसार सरकारले ६ महिनामा चुनाव गराउने भनिए पनि त्यस्तो तयारी देखिएको छैन, त्यसैले यो सरकारसँग लड्नुपर्ने अवस्था आएको छ।





