आर्थिक

उद्योगपति देवीप्रकाश भट्टचन रिहा

२६ कात्तिक, काठमाडौं, । प्रभु ग्रुपका अध्यक्ष तथा पूर्व एमाले सांसद देवीप्रकाश भट्टचनलाई सीआईबीले हिरासतबाट रिहा गरेको छ। स्वास्थ्य समस्या भएको कारण सरकारी वकिलको आदेशमा उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाउने निर्णय गरिएको हो।

भट्टचनलाई कात्तिक ११ गते सहकारी ठगी प्रकरणमा ललितपुरबाट पक्राउ गरिएको थियो। ठाकुरप्रसाद मानन्धरले उनी लगायत विरुद्ध जाहेरी दिएका थिए। तर, सो मुद्दामा मुख्य आरोपित मानिएकी प्रभु म्यानेजमेन्टकी प्रबन्ध निर्देशक कुसुम लामा भने अझै पक्राउ परेकी छैनन्।

राष्ट्र बैंक र प्रहरीले उनीविरुद्ध उजुरी दर्ता गरे पनि उनी फरार रहेको बताइएको छ।

You sent