राजनीति

शेखरको अडान: पार्टीलाई फुटबाट जोगाउन कुनै हालतमा नियमित महाधिवेशन हुनुपर्छ

२ मँसिर, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन पौषभित्रै हुनुपर्ने बताएका छन् ।


उनले नेपाली काँग्रेसलाई फुटबाट बचाउनका लागिसमेत नियमित महाधिवेशन पौषभित्रै गर्नुपर्ने उनको माग छ ।


आफ्नो वालुवाटारस्थिति सम्पर्क कार्यालयमा नेपाली काँग्रेसका युवाहरूसँग कुराकानी गर्दै डा कोइरालाले केन्द्रीय समितिको बहुमतले होइन सर्वसम्मत रूपमा नियमित महाधिवेशनमा सहमति हुनुपर्ने तर्क गरेका छन् ।


१४ औँ महाधिवेशन भएको एक बर्सपछि नै काँग्रेसको नियमीत महाधिवेशन ४ बर्षमा हुनुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका वरिष्ठ नेता डा कोइरालाले नियमित महाधिवेशनको अडान यथावत् राखेका छन् ।


संस्थापन पक्ष महाधिवेशन सार्ने मोडमा रहेको छ भने महामन्त्री गगन थापा समूह विशेष महाधिवेशन गर्ने निर्णयमा पुगिसकेको अवस्थामा रहेको बेला डा कोइरालाको अभिव्यक्ति आएको छ ।