उर्जा

कुलमान विरुद्ध अख्तियारमा उजुरी

३ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ विरुद्ध अख्तियारमा उजुरी परेको छ ।


अख्तियार स्रोतका अनुसार घिसिङ विरुद्ध अगाडिदेखिकै उजुरी थियो । केही दिन यता पनि उनी विरुद्ध उजी परेको अख्तियार स्रोतले जानकारी दिएको छ । विद्युत् आयात सम्झौता मार्फत ४३ करोड रुपैयाँ गडबडी गरेको आरोप कुलमानलाई रहेको छ ।

‘जेनजी मुभमेन्ट’ का प्रवक्ता विजय शाहले सर्वजनिक रुपमै कुलमान विरुद्ध उजुरी दिएको बताएका छन् । अख्तियार स्रोतले समेत उजुरी आएको पुष्टी गरेको छ ।


‘उजुरी आएको छ, उहाँको विरुद्धमा पहिला पनि उजुरी परेको छ’, अख्तियार स्रोतले भन्यो, ‘अब सबै एकैपटक अनुसन्धान हुन्छ ।’

विद्युत प्राधिकरणमा हुँदा लोक्रियप बनेका कुलमा मन्त्री भएपछि भने विरोधका स्वरहरु समेत आउन थालेको छ ।