राजनीति

२३ जेन–जी समूहकाे राष्ट्रपति पाैडेलसँग माग : कार्कीलाई प्रधानमन्त्रीबाट बर्खात

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीलाई बर्खास्त गर्न जे–जी समूहले माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष जन–जी समूहले कार्कीलाई फिर्ता बोलाउन माग गरेका छन् ।

कार्की नेतत्वको सरकारले अर्ली इलेक्सन मात्र गर्ने भनेर अन्य केहीपनि काम नगरेकाले सरकारबाट फिर्ता बोलाउन २३ जेन–जी समूहले माग गरेका हुन् ।

‘सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्तैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यू समक्ष निवेदन गर्दाछौँ’, जेन जीले राष्ट्रपति पौडेललाई भनेका छन्, ‘अन्यथा यस सरकारको विरुद्धमा अर्को सान्तिपूर्ण आन्दोलन तथा दवाव कार्यक्रम हुने व्यहोरा सम्मानीयज्यूलाई यसै पत्र मार्फत सामूहिक रुपमा जानकारी गराउँदछौँ ।’