अन्तर्राष्ट्रिय

ट्रम्प र मेयर–निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी अभियानका क्रममा कडा आलोचना गरेका न्युयोर्कका मेयर–निर्वाचित जोहरान ममदानीलाई आगामी शुक्रबार भेट्ने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत ममदानीलाई ‘कम्युनिस्ट’ भनेर दोहो¥याएको आरोप बीच ‘शुक्रबार, नोभेम्बर २१ मा ओभल अफिसमा बैठक हुनेछ’ भनी पुष्टि गरेको हो ।

मेयर–निर्वाचित ममदानीका प्रवक्ता डोरा पेकेकले पनि विज्ञप्ति जारी गर्दै बैठक सुनिश्चित भएको जानकारी दिए । उनका अनुसार परम्पराअनुसार मेयर–निर्वाचितले वासिङ्टनमा राष्ट्रपतिसँग सार्वजनिक सुरक्षा, आर्थिक सुरक्षा तथा दुई हप्ताअघि न्युयोर्कका १० लाखभन्दा बढी नागरिकले चुनावमार्फत दिएको किफायती जीवनशैलीसम्बन्धी जनादेशबारे विस्तृत छलफल गर्ने तयारी गगरेका छन् ।

ट्रम्प र ममदानी दुवै न्युयोर्कको क्वीन्स बरोमै हुर्किनुभएको भए पनि उहाँहरूको राजनीतिक र विचारधारात्मक समानता यत्तिमै सीमित देखिन्छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालका उपलब्धि उल्लेख गर्दा वाल स्ट्रिटका रेकर्ड तोड्ने लाभलाई मुख्य रूपमा प्रस्तुत गरेका छन् । तर ममदानीको आर्थिक दृष्टिकोण भने त्यसभन्दा व्यापक छ, जसले म्यानहट्टनका बुलिश वित्तीय बजारभन्दा पर रहेका करिब ८० लाख न्युयोर्कवासीले भोगिरहेको किफायती जीवनयापनको चुनौतीलाई प्राथमिकता दिन्छ ।

सन् १९६९ पछि न्युयोर्कमा १० लाखभन्दा बढी मत प्राप्त गर्ने पहिलो मेयर उम्मेदवारका रूपमा उदाएका ममदानीले किफायती आवास, सहज बाल हेरचाह सेवा, निःशुल्क बस यात्रा तथा नगरद्वारा सञ्चालित किराना पसलहरूमा निःशुल्क पहुँचजस्ता सामाजिक सुविधा सम्बन्धी प्रतिज्ञा गर्दै आफ्नो अभियान सञ्चालन गरेका थियो । तर धेरै विश्लेषकहरूले यति आदर्शवादी र व्यापक एजेन्डालाई कार्यान्वयन गर्न उहाँले सामना गर्नु पर्ने चुनौतीहरूबारे शङ्का व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कठोर आप्रवासी–विरोधी अभिव्यक्तिहरूका बीच ममदानीको दक्षिण एसियाली नामको उपहास गरेको छ । साथै अमेरिकाको सबैभन्दा ठूलो सहरले पहिलो पटक मुस्लिम मेयर चुनेपछि न्युयोर्कका लागि सङ्घीय कोष कटौतीसमेत गर्ने धम्की दिएको थियो । ‘मन्डामी, उनको नाम जे भए पनि’ भनी युगान्डामा जन्मिएका ममदानीको नाम जानाजानी गलत उच्चारण गर्दै ट्रम्पले भर्खरै टिप्पणी गर्नुभएको थियो ।

यता, मेयर–निर्वाचित ममदानीले पनि ट्रम्पप्रति कुनै सम्झौता नगर्ने शैलीमा प्रतिक्रिया दिएका छन् । यसै महिनाको सुरुआतमा भएको विजय ¥यालीमा उहाँले राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष सम्बोधन गर्दै ‘डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईं हेर्दै छन् । मसँग तपाईंका लागि चार शब्द छन्—आवाज बढाउनुहोस्!’ भनी उत्साहित समर्थकहरूबीच ठाडो जवाफ थियो ।

यसैबीच ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले ममदानीको उक्त भाषण वास्तवमै हेरेको पुष्टि गरेका छन् ।
गर्नुभएको छ ।