खेलकुद

एनपीएल–२ : सुदूरपश्चिमले दियो कर्णालीलाई १४० रनको लक्ष

८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिंक (एनपीएल) २०२५ मा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुँदैछ । टस जिटर बलिङ रोजेको कर्णालीलाई सुदूरपश्चिमले १४० रनको तारगेट दिएको छ ।


कर्णालीले १२० बलमा १४० रन ल्याएमा जित निकाल्छ । सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।


कर्णालीका कप्तान सोम्पाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराए ।

पहिलो ओभरदेखि नै बलिङमा प्रभाव छोडेको कर्णालीले इनिङ भरी लयमा बलिङ ग¥यो । सोमपालले जोश र हर्मित सिंह जस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराउँदै तीन विकेट लिए ।