समाचार

एमालेको ११औं महाधिवेशन काठमाडौंमा

१० मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन अब काठमाडौंमा हुने भएको छ। उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा आयोजना हुने छ भने बन्दसत्र भृकुटीमण्डपमा हुनेछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, महाधिवेशन २७–२९ मंसिरसम्म सञ्चालन हुनेछ। प्रारम्भमा पोखरामा गर्ने निर्णय भए पनि पछि स्थान परिवर्तन गरी काठमाडौंमा गर्ने निर्णय भएको हो।