खेलकुद

एनपीएल : पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष

११ मङ्सिर, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आज दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष दिएको छ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरा ६ विकेट गुमाएर १५५ रन बनाएको छ ।

जनकपुर र पोखरा यसअघि खेलेका दुवै खेलमा पराजित भएका थिए । पोखरा पुछारबाट क्रमशःपहिलो र जनकपुर दोस्रो स्थानमा छ ।

प्लेअफको सम्भावना जीवितै राख्न दुबै टोलीलाई आजको खेल जित्नैपर्ने दबाव छ ।