समाचार

नेपाल बौद्ध धर्म संरक्षण सङ्घमा नयाँ नेतृत्व

११ मङ्सिर, काठमाडौँ । नेपाल बौद्ध धर्म संरक्षण सङ्घको १९औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

काठमाडौँको तीनचुलीस्थित नेपाल बौद्ध महासङ्घको सभाहलमा आज सम्पन्न अधिवेशनबाट टासीग्याल्जेन शेर्पाको नेतृत्वमा सङ्घको नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मतिमा चयन गरिएको निर्वाचन समितिका संयोजक अधिवक्ता गोपालप्रसाद भण्डारीले राससलाई जानकारी दिउ ।

सङ्घको उपाध्यक्षमा जाङबु शेर्पा, महासचिवमा उमा गुरूङ, सचिवमा भीमबहादुर लामा, कोषाध्यक्षमा पासाङ शेर्पा र सहकोषाध्यक्षमा विनिता मगर चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरूमा विनोद महर्जन, याङ्ला शेर्पा, पेम्बा डोल्मा ह्योल्मो, सुरज खड्का, हरिश लामा, सिमाना पौडेल र निर्मला गुरूङ चयन भएका संयोजक भण्डारीले जानकारी दिउ ।