११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिंक एनपीएलमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । आज भएको दोस्रो चराणको खेलमा पोखराले गत वर्षको विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पहिलो जित दर्ता गरेको हो ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरा ६ विकेट गुमाएर १५५ रन बनाएर जकपुरलाई १५६ रनको लक्ष दिएको थियो ।
ब्याटिङमा जनकपुर उत्रिन्दा २० ओभरमा ८ विकेट गुमाएर १३० रनमा सिमित भएको थियो ।
जनकपुर लगातार तेस्रो खेल समेत हारेको छ । जसका कारण अंक तालिकामा जनकपुर अन्तिम स्थानमा पुगेको छ भने पोखरा अन्तिमबाट पाँचौँ नम्बरमा उक्लिएको छ ।





