११ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको फेरी सरेको छ । मंसिर १२ गते शुक्रबार दिनको २ः०० बस्ने भनिएको बैठक मंसिर १४ गते आइतबार दिनको २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कांग्रेसको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।





