सुदूरपश्चिम

दार्चुलामा भूकम्प

२१ मङ्सिर, दशरथचन्द(बैतडी) । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प धक्का महसुस भएको हो ।

आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेत स्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिएका छन् । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।