२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा तयार गरिएको एघारौं महाधिवेशनसम्बन्धी अवधारणापत्र आजै पार्टी केन्द्रीय कार्यालयमा बुझाइने भएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार अवधारणापत्र दिउँसो औपचारिक रूपमा अध्यक्षलाई हस्तान्तरण गरिँदै पत्रकार सम्मेलनमार्फत सार्वजनिक पनि गरिनेछ।
नेतृत्व परिवर्तनसहितका निष्कर्ष समेटिएको उक्त दस्तावेज पोखरेल समूहले तयार पारेको हो, जसलाई आजै पार्टीभित्र औपचारिक रूपमा टेबल गरिने बताइएको छ।





