२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन सत्रमा पार्टी अझै मजबुत रहेको र लोकतन्त्र जोगिएको दाबी गरेका छन्। शनिबार भक्तपुर सल्लाघारीमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमिजस्तै जलेको बताए।
ओलीले भने, “जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो, आतताहीबाट संविधान, लोकतन्त्र र राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो। पुराना पार्टी र नेताका दिन गए भनेर एमालेको सान्दर्भिकता समाप्त भएको छैन।”
उनले महाधिवेशनमा उपस्थित विशाल जनसागरलाई लोकतन्त्रको जीवित प्रमाण ठहराउँदै भने, “जनसागरले देखायो, लोकतन्त्र अझै छ र नेकपा एमाले अजम्बरी छ।”





