२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्ने छैन भनी स्पष्ट पारेका छन्। शनिबार आयोजित पार्टीको ११औं महाधिवेशनमा सम्बोधन गर्दै ओलीले भने, “डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने हाम्रो क्षमता छ, तर चुनावबाट भाग्छौं भन्ने कसैले नसोचुन।”
उनले अहिले चुनावको बहसले देशलाई अल्मल्याउन खोजेको आरोप लगाउँदै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने अडान पनि दोहोर्याए। ओलीका अनुसार नेकपा एमाले चुनावमार्फत जनताको विश्वास जित्न तयार छ र देशलाई स्थिरता प्रदान गर्न प्रतिबद्ध छ।





