समाचार

कांग्रेसका वरिष्ठ नेता आमोद प्रसाद उपाध्यायको निधन

२८ मङ्सिर, काठमाडौं । कांग्रेसका वरिष्ठ नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ । मोरङ, विराटनगर निवासी उपाध्यायको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

उपाध्याय २०५१ सालमा राष्ट्रिय सभाका सदस्य बनेका थिए भने २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्रीको रूपमा कार्यरत थिए। उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए र पुनर्स्थापित व्यवस्थापिका संसदमा पनि सक्रिय थिए।

राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परेका उपाध्यायले निर्वासित जीवन समेत बिताएका थिए।