समाचार

एमाले महाधिवेशन: आज अन्तिम मतदाता नामावली, उम्मेदवारी दर्ता

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा आज बिहान सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिँदैछ । त्यसपछि दिउँसो १:३० बजेसम्म उम्मेदवारी दर्ता हुने छ ।

प्रारम्भिक उम्मेदवार सूची दिउँसो साढे २ बजे सार्वजनिक गरिने र उजुरीपछि साँझ ६ बजे अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ ।