राजनीति

ईश्वर पोखरेलले एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

२९ मंसिर, काठमाडौं । नेकपा एमाले अध्यक्ष पदका लागि ईश्वर पोखरेलले काठमाडौंको भृकुटीमण्डपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ।

पोखरेल अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा छन् र दुवैले प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन्। मतदान भोलि हुने तालिका तय छ।