१ पुस, जनकपुरधाम । मन्त्री परिषद् विस्तारमा रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमत पार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएको छ।
जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै पार्टीको उद्देश्यअनुसार सरकारमा भूमिका सुनिश्चित नभए सरकार छाड्न तयार हुनुपर्ने बताएका छन्।
सोमबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिएपछि जनमत असन्तुष्ट बनेको हो। कुशवाहाले सो मन्त्रालयअन्तर्गत बजेटमा समावेश रोजगारी सिर्जना कार्यक्रम प्रभावित हुने उल्लेख गरेका छन्।
हाल सातदलीय गठबन्धन सरकारमा जनमतले अर्थ मन्त्रालय पाएको छ भने संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्री छन्।





