राजनीति

भृकुटीमण्डपमा व्यंग्यात्मक नाराबाजी, ओली–ईश्वर एकअर्कालाई काउन्टर

१ पुस, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा आज मतदान हुँदैछ। नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदा महाधिवेशनस्थलमा चुनावी माहोल निकै तातेको छ।

दुवै नेताले आ–आफ्नो प्यानल बनाएर प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्। सो क्रममा एकअर्काविरुद्ध व्यंग्यात्मक नाराबाजी समेत भइरहेको छ।

ओली पक्षले ‘ईश्वर पोखरेल के भन्छ, केपी ओलीले भन्छ’ जस्ता नारा लगाएका छन् भने पोखरेल पक्षले ‘केपी ओली के भन्छ, ईश्वर पोखरेलले भन्छ’ भन्दै काउन्टर नारा लगाइरहेका छन्। दुवै पक्षका प्रतिनिधिले राष्ट्रिय मुद्दासँग जोडिएका साझा नारा पनि लगाएका छन्।