समाचार

“जेन–जी आयोगको अर्को हप्ता ‘बयान हाउस’ तयारी: नेताहरू सबैलाई बोलाइने

२ पुस, काठमाडौँ । जेन–जी आन्दोलनका घटनाबारे जाँचबुझ गर्दै आएको आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई बयानमा बोलाउने योजना रहेको जानकारी गराएको हो।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सबै सम्बद्ध व्यक्तिलाई बयानमा बोलाउने तयारी रहेको बताएका छन्। उनले भने, “हामी सबैलाई बोलाउँछौँ। नआएमा पछि कदम चाल्ने विषयमा निर्णय हुनेछ।”

अन्तरिम सरकारले जेन–जी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको भन्दै दोषीलाई कारबाही गर्न कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।