३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनपछि मतगणना सुरु गरिएको छ। निर्वाचन आयोगले बिहान ८ बजेदेखि गणना सुरु गरी साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
भृकुटीमण्डपमा ८० विद्युतीय मेसिनबाट भएको मतदानमा २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका थिए। मतगणना उम्मेदवार र प्रतिनिधिको रोहबरमा गरिँदै छ।



