३ पुस, काठमाडौँ । जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ कोे जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ ।
विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिए । ५१ हजार नगद राशि भएको उक्त पुरस्कार आगामी माघ महिनामा अर्पण गरिने उनले बताए ।





