राजनीति

४–४ पटक जिताएर मजस्तो नेता देशलाई चाहिएको छ भन्ने जनताले भनेका हुन्: प्रकाशमान सिंह

  काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री प्रकाशमान सिंहले १५औँ महाधिवेशन विधि र प्रक्रियाअनुसार नै हुनुपर्ने बताएका छन् ।

काँग्रेस काठमाडौँ क्षेत्र नं १ मा जिल्ला सदस्य आज यहाँ आयोजना गरिएको महाधिवेशन तथा निर्वाचनलक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विधि–प्रक्रिया पूरा गरेर महाधिवेशन गर्न लाग्नुपर्नेमा जोड दिए ।  

उनले अधिवेशन गर्ने भनेर हतार हतार र जथाभाबी गर्न भने नहुने उक्त कार्यक्रममा बताएका छन् । पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले निर्वाचनमा ४–४ पटक जनताले विजय गराउने भनेको आफूजस्तो नेता देशका लागि चाहिएको भनेको स्मरण गर्न काठमाडौँ क्षेत्र नम्बर १ का अगुवा नेता कार्यकर्तालाई स्मरण गराए । उनले आफूले जनतालाई झुक्काउने भए एकपटकमात्र झुक्काउन सक्ने भन्दै ४–४ पटक मत दिएर मलाई चिनाउन मेरा लागि ठुलो योगदान गरेको बताए । उनले फेरि पनि आफू आगामी निर्वाचनमा लड्ने नबताए पनि सङ्केत भने निर्वाचन लड्ने दिएका छन् ।  काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जिल्लाका पार्टीको बिषयमा प्रकाश पारेका थिए ।

सिंहले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आन्तरिक निर्वाचन, पारदर्शिता र विधिको पालना अनिवार्य रहेको उल्लेख गरे ।